दफा ३९क
बीमकको लेखापरीक्षण सम्बन्धी विशेष व्यवस्था
(१) बीमकले ऐनको दफा २५ को समयावधिभित्र लेखापरीक्षणको प्रतिवेदन समिति समक्ष पेश नगरेमा वा त्यस्तो प्रतिवेदनबाट विमा व्यवसायमा अनियमितता भएको पुष्टि हुने मनासिब आधार भएमा वा बीमकले गरेको विमा व्यवसायको हिसाब किताबमा अनियमितता भएको छ भनी समिति समक्ष उजूरी परेमा समितिले बीमकको विमा व्यवसायको लेखापरीक्षण वा पुन लेखा परीक्षण गर्न वा गराउन सक्नेछ । (२) उपदफा (१) बमोजिम लेखापरीक्षण वा पुन लेखापरीक्षण गर्दा गराउँदा लागेको सम्पूर्ण खर्च बीमक स्वयंले व्यहोर्नु पर्नेछ ।